सोमबार, वैशाख २९, २०८२

काठमाडौंमा हैजा संक्रमितको संख्या १७ पुग्‍यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ। असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो।
 |  शनिबार, असार १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

vianetvianet

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि भएको छ। असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो।

triton college

हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धानले धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकालेको थियो।

चिकित्सकहरुका अनुसार हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्रै खाने तथा बासी खानेकुरा खानुहुँदैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।

National life insurance

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। काठमाडौं महानगरपालिकाले हैजा रोकथाम अभियान अन्तर्गत काठमाडौंका सडकमा खानेकुरा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। 

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भर्ना भएका बागबजारका दुई जनामा ५ गते हैजा पुष्टि भएको थियो। दैनिक हैजाका बिरामी भेटिन थालेपछि सरकराले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास भन्छन्, ‘हैजाका एक जना बिरामी पुष्टि हुनु पनि आउटब्रेक हुन सक्ने सम्भावना हुन्छ। त्यसैले हामीले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं। जहाँ जहाँ बिरामी  भएका छन् नजिकको अस्प्तालमा उपचारका गर्नुपर्ने गरी निर्देशन दिएका छौं।’ 

सरकारले हैजाको उपचारका लागि उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ। हब अस्पतालले स्याटलाइट अस्पताललाई उपचारमा निर्देशन दिन सक्ने गरी व्यवस्थाा मिलाइएको दासले बताए। 

प्रकाशित: Jul 02, 2022| 19:16 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्