आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरणसम्बन्धी सम्झौता

‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरणसम्बन्धी सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।

१० वर्ष अवधि भएको ऋणपत्रको वार्षिक ब्याजदर १०.५० प्रतिशत रहेको छ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री आह्वान गरेको थियो। 

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भइ धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यही असार १५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जनाएको छ। 

प्रकाशित: Jul 01, 2022| 14:27 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्