आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘आइएमई नेपाल लोकस्टार’को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता

‘आइएमई नेपाल लोकस्टार’को प्रायोजकमा जगदम्बा सुपर साइन जस्तापाता

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ।

National life

जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालबीच बिहीबार सम्झौतामा हस्ताक्षर भयो।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन्। 

यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरूको छनोट गरिने छ। केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुने भुसालले बताए। 

प्रकाशित: Jul 01, 2022| 14:24 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्