आइतबार, असार ७, २०८३

स्टार्टअप वर्ल्डकप नेपाल २२ असारमा हुने

स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा असार २२ गते हुने भएको छ। विश्वका ७० देशमा हुने प्रतिस्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वर्ल्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ। 

National life

गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वर्ल्डकपको नेपाल क्षेत्रीय प्रतिस्पर्धा अनलाइन गरिएको थियो। प्रतिस्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन्।

फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउने छन्। 

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको हो। विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ। नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वर्ल्डकप नेपालमा भित्र्याएको हो।

स्टार्टअप वर्ल्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सीईओ क्लब ग्लोबलले टाइटल स्पोन्सर गरेको छ भने एन आईसी एसिया बैंकले इन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ। 

Shivam cement

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर ९१३ करोड नेपाली रुपैयाँ बराबर० लगानी पुरस्कार पाउने स्टार्टअप वर्ल्डकपले जनाएको छ। 

प्रकाशित: Jul 01, 2022| 13:28 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्