आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सीईओको जिम्मेवारी सम्हाले

नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सीईओको जिम्मेवारी सम्हाले

नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन्। नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन्। नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो।

सोहीअनुसार ढुंगानाले कार्यभार सम्हालेका हुन्। ढुंगानासँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनले एनबीमा १० वर्ष सीईओको रुपमा काम गरेका थिए। त्यसअघि उनी राष्ट्र बैंकको निर्देशक पद छाडेर नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रवन्धक भएका थिए।

ढुंगानाले भारतको चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन्।


प्रकाशित: Jul 01, 2022| 13:13 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्