बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक बन्यो ग्लोबल आइएमई

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेको छ। डोल्पामा नयाँ शाखा खोलिएसँगै ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा आफ्नो शाखा खोल्न सफल भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेको छ। डोल्पामा नयाँ शाखा खोलिएसँगै ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा आफ्नो शाखा खोल्न सफल भएको छ।

National life

बैंक देशका ७७ वटै जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ। कर्णाली प्रदेशको डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।


प्रकाशित: Jul 01, 2022| 12:57 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्