शनिबार, मंसिर ६, २०८२

चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध : नारायण खड्का

परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।

National life

नेपाली कांग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ जियानचाओसामू उक्त कुरा बताएका हुन्। उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए।

मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको थियो। केही समयअघि मात्र उक्त विभाग सम्हालेका लिउले असार ९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा–छुट्टै भर्चुअल कुराकानी गरेका थिए।

चिनियाँ विदेश विभागका अनुसार लिउले चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता दुवै पक्षले सधैँ एकअर्कालाई बुझ्ने र समर्थन गर्दै आएका उल्लेख गरे। साथै, उनले छिमेकी राष्ट्रहरूबीच समान व्यवहार, मैत्रीपूर्ण सहयोग र आपसी हितको नमुना रहेको बताए।

उनले सन् २०१९ को अक्टोबरमा सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक भ्रमण गरेको उल्लेख गर्दै त्यसले चीन–नेपाल मैत्री सहयोगको नयाँ अध्याय खुलेको बताएका थिए। उनले सीपीसीले नेपाली कांग्रेसलगायत नेपालका सम्पूर्ण राजनीतिक दलहरु मैत्रीपूर्ण सम्बन्ध कामय र आदान–प्रदान गर्ने बताए।

Laxmi sunrise bank
kumari

उनले यो वर्ष आयोजना हुने सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन आयोजना पार्टी र चिनियाँ जनताका लागि निकै महत्त्वपूर्ण रहेको प्रस्ट पारेका थिए। ‘यसले विश्वमा महत्त्वपूर्ण र सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने। बैठकपछि चिनियाँ पक्षले नेपाली पक्षलाई सान्दर्भिक अवस्थाबारे जानकारी गराउन इच्छुक रहेको पनि जानकारी दिए।

कांग्रेसका नेता समेत रहेका मन्त्री खड्काले सीपीसीलाई १०१औं स्थापना दिवसको शुभकामना दिएका थिए। उनले सीपीसीको १०० वर्षको गौरवशाली इतिहास विशेष गरी पार्टीको १८औं राष्ट्रिय महाधिवेशनपछि चिनियाँ जनतालाई विश्व–विश्वको उपलब्धि हासिल गरेकोकोमा बधाई दिए।

गरिबी निवारण, प्राविधिक आविष्कार, महामारीविरुद्धको लडाइँ, सामाजिक विकासलगायतका विषयमा नेपाललाई चीनले बहुमूल्य सहयोग गरेको भन्दै खड्काले धन्यवाद दिए।

मन्त्री खड्काले नेपाली कांग्रेस पार्टी चीनसँग मित्रता विकास गर्न प्रतिबद्ध रहेको र ‘एक चीन सिद्धान्त’लाई दृढताका साथ पालना गर्ने बताए। उनले कांग्रेस स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रस्ट पारे।

उनले कांग्रेस र सीपीसीसँग संस्थागत आदान–प्रदानलाई सुदृढ गर्न, दुई देशबीच विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन इच्छुक रहेको पनि बताए। खड्काले चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन पूर्ण सफलताको कामना गरे।

यसअघि गत बिहीबार र शुक्रबार सीपीसी विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका दुई मुख्य कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका थिए।

प्रकाशित: Jul 01, 2022| 12:34 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...