आइतबार, असार ७, २०८३

७५ अंकले बढ्यो नेप्से, २ अर्ब ४५ करोडको कारोबार

पुँजीबजार सूचक नेप्से करिब ७५ अंकले बढेको छ। बुधबार ४१ अंकले बढेर १९६२.७१ मा पुगेको नेप्से बिहिबार पुन: बढेर २०३७.६४ अंकमा पुगेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- पुँजीबजार सूचक नेप्से करिब ७५ अंकले बढेको छ। बुधबार ४१ अंकले बढेर १९६२.७१ मा पुगेको नेप्से बिहीबार पनि बढेर २०३७.६४ अंकमा पुगेको हो। 

National life

बिहीबार २२७ कम्पनीको २ अर्ब ४५ करोडको कारोबार भएको छ। आज कुल ७२ लाख ५४ हजार सेयरको ४७हजार ३९२ पटकको कारोबार भएको हो। बिहीबार १६ कम्पनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन्। यस्तै सबैभन्दा बढी गुमाउनेमा ग्लोबल आईएमई बैंक डेबेन्चर २०८६/८७ छ। यो स्क्रिपको सेयर मूल्य ३.८९ प्रतिशत कम भएको छ। 

सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार हुँदा नेसनल हाइड्रोको १ हजार २ सय १९ पटक कारोबार भएको छ। 

आज नेप्सेका सबै उपसूचक हरिया देखिएका छन्। सबैभन्दा बढी ट्रेडिङ समूहका कम्पनीले ७.३१ प्रतिशत कमाउँदा फाइनान्सका लगानीकर्ताले करिब ७ प्रतिशत कमाएका छन्। 

प्रकाशित: Jun 30, 2022| 15:55 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्