आइतबार, असार ७, २०८३

धान आयात घट्यो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा धान आयात २ अर्ब ७६ करोडले घटेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनामा धान आयात घटेको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा धान आयात २ अर्ब ७६ करोडले घटेको हो। 

National life

भन्सार विभागका अनुसार गत जेठ मसान्तसम्म १६ अर्ब ७९ करोड १७ लाख ४९ हजारको धान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ५५ करोड ९२ लाख २१ हजारको धान आयात भएको विभागले जनाएको छ। 

चालू आर्थिक वर्षमा उत्पादन बढेर धान आयात घटेको भने होइन। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म धान उत्पादन ८.७४ प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ।

कृषि विभागका अनुसार गत आर्थिक वर्षमा बाढीका कारण धानबाली नोक्सान भएकाले अन्य वर्षको तुलनामा बढी आयात गरिएको हो। उक्त वर्ष बाढीका कारण ३ मेट्रिक टन उत्पादन घटेको थियो। उत्पादन घट्दा गत आर्थिक वर्षमा आयात बढेको विभागले जनाएको छ। ‘गत वर्ष आयात ह्वात्तै बढ्दा यो वर्ष आयात कम देखिएको हो,’ विभागले भनेको छ।

प्रकाशित: Jun 30, 2022| 12:34 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्