काठमाडौं- भन्सार विभागले भन्सार एजेन्टका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ। बुधबार विभागले प्रकाशन गरेको नतिजामा ६६० जना उत्तीर्ण भएका छन्।
लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट उम्मेदवारहरू छनौट गरिएको हो। विभागले वैशाख १७ गते लिखित परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा ८५७ जना उत्तीर्ण भएका थिए। लोकसेवा आयोगको समन्वयमा असार ५ देखि १३ गतेसम्म अन्तर्वार्ता लिइएको थियो।
लामो समयदेखि भन्सार एजेन्टको परीक्षा हुन सकेको थिएन। एजेन्टको परीक्षा नै नहुँदा भन्सारसम्बन्धी काम गर्ने जनशक्तिको अभाव भएको थियो।