आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपतिको आग्रह

कृषिलाई उद्योगका रुपमा विकास गर्ने लक्ष्य पूरा गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रिय धान दिवसका सन्दर्भमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तर्क्रियामा राष्ट्रपति भण्डारीले वर्तमान समयमा हाम्रासामु एकातिर खाद्य वस्तुको बढ्दो आयातका कारण कृषि क्षेत्रको र समग्र मुलुकको व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ भने अर्कोतिर मुलुकको सम्पूर्ण जनसङ्ख्याका लागि खाद्यसुरक्षा, पौष्टिक आहार र स्वस्थ जीवन सुनिश्चित गर्नुपर्ने दायित्व रहेको उल्लेख गरिन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउनुपर्ने बताएकी छन्। उनले  उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने लक्ष्य पूरा आग्रह गरेकी छन्। 

National life

राष्ट्रिय धान दिवसका सन्दर्भमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनःसम्भावना, अनभुव र सिकाइ’ विषयक अन्तर्क्रियामा राष्ट्रपति भण्डारीले वर्तमान समयमा हाम्रासामु एकातिर खाद्य वस्तुको बढ्दो आयातका कारण कृषि क्षेत्रको र समग्र मुलुकको व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ भने अर्कोतिर मुलुकको सम्पूर्ण जनसङ्ख्याका लागि खाद्यसुरक्षा, पौष्टिक आहार र स्वस्थ जीवन सुनिश्चित गर्नुपर्ने दायित्व रहेको उल्लेख गरिन्।

'सम्मानित कृषि व्यवसाय र आत्मविश्वासले भरिएका किसानको मेहनतबाट मात्र हामीले यी चुनौतीको सामना गर्न सक्दछौँ। हामीले मुलुकको समग्र कृषि प्रणाली, खाद्य सुरक्षाको अवस्था, उत्पादकत्व वृद्धि, कृषिमा आधारित पेशा र व्यवसायको मर्यादा वृद्धि एवं किसानका समस्याको समाधान गर्ने विषयमा सार्थक छलफल गर्नु सान्दर्भिक हुन्छ,' उनले भनिन्, 'धान, चामल माथिको हाम्रो निर्भरतालाई कम गर्न बाली विविधीकरण गरी किसानले फलाउने मकै, गहुँ, कोदो, फापर, चिनो, कागुनो र जुनेलो जस्ता रैथाने बालीको प्रवद्र्धन गर्नु पनि धान दिवसको उद्देश्य भित्रै पर्दछ भन्ने मलाई लाग्दछ।'

राष्ट्रपति भण्डारीले आधुनिक प्रविधिको प्रयोग, बीउबिजन र मलको समयमै उपलब्धता, उत्पादन हुँदै बजार र उपभोगसम्मको चक्रमा किसानलाई हाम्रा नीति तथा कार्यक्रमका माध्यमबाट सहजीकरण गर्नु आवश्यक भएकामा जोड दिँदै उत्पादनदेखि बजारसम्म पुग्न किसानलाई आवश्यकपर्ने बाटो, सिँचाइ, कृषि उपकरण जस्ता आधारभूत पूर्वाधारको निर्माणमा नेपाल सरकारले अग्रसरता लिनुपर्ने बताइन्।

उनले बाँझो जमिनलाई आवाद गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले भूमिका खेल्नुपर्ने तथा चिया, अलैँची, अदुवा, कपास, जुट, अम्रिसो, उखु, बाँस, निगालो आदिको खेतीबाट किसानलाई तत्काल आर्थिक लाभ मिल्ने हुनाले यसैमा आधारित कृषि उद्योगको स्थापना एवं दिगो सञ्चालनमा जोड दिनुपर्ने बताइन्।

Shivam cement

प्रकाशित: Jun 29, 2022| 22:50 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्