आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन : मन्त्री बडू

महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन्।

National life

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए। मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए। उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए। इन्धनको मूल्य उच्च रुपमा बढ्दै गएसँगै आकाशिएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको उनको  भनाइ छ।

मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए। उनले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारी भित्र रहेको बताए। मन्त्री बडूले मन्त्रीपरिषद्को निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी गरे। उने करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको बताए। मन्त्री बडूले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थ मन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्ने बताए।

मन्त्री बडूले इन्धनको मूल्य घटाएपनि बजारमा त्यसको कार्यान्वयन भए–नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए। उनले यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरिएको बताए। मन्त्री बडूले सरकारले बजारलाई हस्तक्षेप गरेर बजारलाई नियन्त्रण भन्दा बाहिर जान नदिने प्रतिवद्धता जनाए।

मन्त्री बडूले सरकारले तीब्र रुपमा बजार अनुगमन गर्ने र बजारमा वस्तुको मूल्य घट्न घटाउन नचाहने प्रवृति देखिए तत्काल नियन्त्रणमा लिएर कानून अनुुसारको कारबाही गर्न निर्देशन दिए।

Shivam cement


प्रकाशित: Jun 29, 2022| 18:40 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्