आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा कमर्सियल गाडीका ८९५ जना चालकलाई सिप्रदीको तालिम

टाटा कमर्सियल गाडीका ८९५ जना चालकलाई सिप्रदीको तालिम

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै १–९ असारसम्म तालिमको आयोजना गरेको कम्पनीले जनाएको छ ।

तालिममा देशभरका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्सियल गाडीका चालकहरु सहभागी भएका थिए । तालिममा सहभागीहरुलाई बीएसआईभी प्रविधि सम्बन्धी जानकारी गराइएको थियो ।

कम्पनीका अनुसार सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउदाँ चालकहरुले केकस्ता कुराहरुमा ध्यान दिँदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिन्छ,गाडीको आयु बढाउन के गर्नु पर्छ, के गर्नु हुँदैन, गाडी सञ्चालन खर्चलाई न्यूनिकरण गर्ने उपाय लगायतका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित: Jun 29, 2022| 17:28 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्