आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ११ महिनामा जीवन बिमा कम्पनीले संकलन गरे १ खर्ब १९ अर्ब बिमा शुल्क

११ महिनामा जीवन बिमा कम्पनीले संकलन गरे १ खर्ब १९ अर्ब बिमा शुल्क

१९ वटा जीवन कम्पनीमध्ये सबैभन्दा धेरै बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको जेठसम्म करिब सवा २ खर्ब प्रथम बिमा शुल्क संकलन गरेका छन्। चालू आर्थिक वर्षको ११ महिनासम्म नेपालमा सञ्चालित १९ वटा जीवन बिमा कम्पनीले कुल १ खर्ब १९ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका हुन्। 

नियामक निकाय बिमा समितिका अनुसार जेठसम्म सबैभन्दा धेरै बिमा शुल्क नेपाल लाइफले आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधिमा ३० अर्ब ६७ करोड ९० लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको हो।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल (एलआईसी नेपाल) रहेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब ७९ करोड १० लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ।

तेस्रोमा नेसनल लाइफले यस अवधिसम्म १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ।

राष्ट्रिय बिमा संस्थानले यस अवधिमा ७ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ। युनियन लाइफले ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, सोही अवधिसम्म एसियन लाइफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ। मेट लाइफले ४ अर्ब ७८ करोड, सिटिजन लाइफले ४ अर्ब ६१ करोड, प्राइम लाइफले ४ अर्ब ४५ करोड, सूर्या लाइफले ४ अर्ब २५ करोड, सन् नेपाल लाइफले ३ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४३ करोड, ज्योति लाइफले ३ अर्ब २१ करोड, आइएमई लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन्।

समितिको तथ्यांकअनुसार गुराँस लाइफले २ अर्ब ७३ करोड, रिलायन्स लाइफले २ अर्ब ५८ करोड, सानिमा लाइफले २ अर्ब ३ करोड, प्रभु लाइफले १ अर्ब ७४ करोड र महालक्ष्मी लाइफले १ अर्ब २८ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

प्रथम बिमा शुल्क मात्रै करिब ३४ अर्ब 

बिमा कम्पनीहरू ले ११ महिनामा ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेका छन्। समीक्षा अवधिमा सबैभन्दा बढी प्रथम बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफकै अग्रता रहेको छ। कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ७१ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ। त्यस्तै, दोस्रोमा नेसनल लाइफले ३ अर्ब ७३ करोड र तेस्रोमा सिटिजनले २ अर्ब ३७ करोड प्रथम बिमा शुल्क आर्जन गरेको हो। 

यस्तो छ अन्य कम्पनीहरूको प्रथम बिमा शुल्क आर्जन अवस्था



प्रकाशित: Jun 29, 2022| 17:05 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्