आइतबार, असोज ११, २०८३

कागतीको रिफ्रेसिङ स्वादमा आयो स्प्राइट

कोकाकोलाले कागतीको ताजा स्वादमा स्प्राइट बजारमा ल्याएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– कोकाकोलाले कागतीको ताजा स्वादमा स्प्राइट बजारमा ल्याएको छ। नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोकाकोलाले टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ। नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ।

ग्लास बोतलमा स्प्राइट १७५ तथा २५० मिलिलिटरमा उपलब्ध छ। पेट बोतलमा २५० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले स्प्राइटले पहिलेदेखि नै उपभोक्ताको तन र मनलाई स्फूर्ति प्रदान गर्दै आएको बताए। बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताले नयाँ स्वादको नयाा स्प्राइट लेमन मन पराउने विश्वास व्यक्त गरे।

प्रकाशित: Jun 29, 2022| 16:40 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्