सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाइँदै

नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाइँदै

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ। 

National life

उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिंगै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलका रुपमा स्थापित भएको बैंकको ठहर रहेको छ। 

आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भूभागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरु हात पारेको बैंकले जनाएको छ। बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नवीन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ। 

आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करिब ६ हजार महिला रहेका बैंकले जानकारी दिएको छ। 

यसैगरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यमध्ये वातावरण र सामाजिक सरोकार र सम्बर्द्धन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ। तसर्थ, बैंकले व्यावसायिक संस्थाहरुलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरुलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरुअन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ। 

Shivam cement

नबिल बैंकले सन् २०१८ देखि नै रु। १ करोडभन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लिजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनै पनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ ९ईएसडीडी० सञ्चालन गरिरहेको बैंकले बताएको छ। 

विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१ मा पीसीएएफको सदस्यता लिएको र आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन र प्रतिवेदन गर्ने पिसिएएफको अंग भइसकेको पनि बैंकले जनाएको छ। यसका साथै नबिल बैंकले २६ मार्च २०२२ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान सुरुसमेत गरेको छ। 

देशमा सामाजिक उद्यमशीलता विकास, प्रोत्साहन र प्रबर्धन गर्नका निम्ति र उद्यमीहरुको विकास र पोषण, तिनीहरुलाई असमानता र वञ्चितीकरण जस्ता सामाजिक समस्याहरु समाधन गर्न र दिगो सामाजिक कम्पनी निर्माणमा सहायता गर्ने ध्येयका साथ नबिल बैंकले २०७८, मंसिर १ गते नबिल स्कुल अफ सोसल अन्ट्रप्रेनरसिपको स्थापना गरिएको हो। नबिल स्कुल अफ सोसल अन्ट्रप्रेनरसिपको स्थापना गरेको छ। 

यसैगरी संस्थाभित्रैबाट दिगो अभ्यासहरुलाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले असार १५ बाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरु’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ। यस योजनाअन्तर्गत दिगो बैंकिङ गतिविधिहरुप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यास अपनाएको बैंकले जनाएको छ। 

स्थानीय बजारमा कृषि प्राविधिकहरुलाई कृषि उद्यमीका रुपमा स्थापित गर्नका लागि ‘कृषि दूत’ ९कृषि दूत० विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक कृषि प्राविधिकहरुलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको जनाएको छ। 

यसका अतिरक्त ‘नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसका अवसरमा नबिल बैंकले एक हप्ता लामो ‘नबिल ग्रीन विक’ असार १५ बाट  सुरु गर्न लागेको बैंकले जानकारी दिएको छ।

प्रकाशित: Jun 29, 2022| 16:36 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्