आइतबार, असोज ११, २०८३

चितवनमा बढ्यो चैतेधानको उत्पादकत्व

केन्द्र चितवन शाखाका प्रमुख युवराज पाण्डेका अनुसार चार वर्षको अवधिमा प्रतिहेक्टर ३.२३ मेट्रिकटनबाट बढेर ५.२७ मेट्रिकटन प्रतिहेक्टर पुगेको हो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

भरतपुर- चितवनमा चैते धानको उत्पादकत्वमा वृद्धि भएको छ। पछिल्ला चार वर्षयता चितवनमा चैतेधानको उत्पादकत्व २० प्रतिशतले बढेका कृषि ज्ञान केन्द्र, चितवनले जानकारी दिएको छ।

केन्द्र चितवन शाखाका प्रमुख युवराज पाण्डेका अनुसार चार वर्षको अवधिमा प्रतिहेक्टर ३.२३ मेट्रिकटनबाट बढेर ५.२७ मेट्रिकटन प्रतिहेक्टर पुगेको हो। धानमा रोगको प्रकोपमा कमी आउनु, नयाँ जातलाई बढावा दिनुजस्ता कारणहरुबाट चैतेधान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ। 

‘हामीले धानको उत्पादकत्व बढाउन बीउमा जोड दिएका छौँ। शुद्ध धानको बीउ प्रयोग गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढेको देखिन्छ,’ उनले भने, ‘रासायनिक मल अभाव हुँदा पनि कृषकहरुले उत्पादन बढाएका छन्,' उनले भने।

मध्यम जातको मानिने हर्दिनाथ-१ चितवनमा लगाइने मुख्य चैतेधान थियो। अहिले मसिनो जातको चैते-५ नामको धानको बीउमा आर्कषण बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख माधव पौडेलले जानकारी दिए।

‘विगत वर्षदेखि चैते सिजनको हर्दिनाथ-१ धानमा मरुवा रोग लागेका कारण यसको विकल्पमा चैते-५ जात लगाउन थालिएको हो। नेपालमै विकास गरी सूचीकृत भएको हर्दिनाथ हाईब्रिड-१ को पनि खेती सुरु भएको छ,’ उनले भने।

प्रकाशित: Jun 28, 2022| 20:51 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्