आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गेजुवाबाट 'खोसेको' बूढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

गेजुवाबाट 'खोसेको' बूढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

ऊर्जामन्त्री पम्फा भुसालले बुढीगण्डकी निर्माण गर्न कम्पनी खोल्ने प्रस्ताव लगेकी थिइन्। बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि मात्र भएको थियो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन्।

ऊर्जामन्त्री पम्फा भुसालले बुढीगण्डकी निर्माण गर्न कम्पनी खोल्ने प्रस्ताव लगेकी थिइन्। बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि मात्र भएको थियो।

चिनियाँ कम्पनी गेजुवालाई यो आयोजना निर्माणको जिम्मा दिने भनिएको थियो। बुढीगण्डकी बनाउन सरकारले पेट्रोलियम पदार्थमा छुट्टै कर लगाउँदै आएको छ।

प्रकाशित: Jun 28, 2022| 19:08 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्