आइतबार, असोज ११, २०८३

मोटरहेडको 'बिग बिगर बिगेस्ट' अफर

मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै बिग बिगर बिगेस्ट नामाकरण गर्दै यही असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै बिग बिगर बिगेस्ट नामाकरण गर्दै यही असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको छ।

कम्पनीले सो मितिबाट मोटरहेडका वाइक खरिद गर्ने आफ्ना ग्राहकलाई स्क्र्याच कुपन, बम्परमा  सहभागीको साथै २ वर्षको वार्षिक कर निःशुल्क हुने बताएको छ । जसमा स्क्र्याच गरी रु.१ लाख सम्म छुट पाउन सकिने र वम्परमा रु.२,०७,९०० नगद उपहार जित्न सकिने छ ।

साथै, पुराना वाइक  सट्टापट्टा गरी खरीद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्र्याच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मूल्याकंनमा थप रु.२०,००० मूल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ । कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागी लागू रहने छ ।

साथै कम्पनीको वाइकहरु हाल पुरानै मूल्यमा उपलब्ध रहेता पनि छिट्टै मूल्य बढ्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् । 


प्रकाशित: Jun 28, 2022| 17:21 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्