सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको छ।इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरे।

National life

सम्झौता पछि इसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले भने, ‘दुवै संस्थाबीचको सम्झौताले यूएईबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ। डिजिटल माध्यमबाट बैंक तथा इसेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरुले लुलु एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौं।’

सम्झौता अनुसार यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यूएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिनेछ।

उनीहरुले यूएईमा रहेका लुलुका ८४ वटा शाखा मध्ये कुनै पनि शाखामा गई नेपाल पैसा पठाउन सक्नेछन्। यसका साथै लुलु इन्टरनेशनल एक्सचेञ्जको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन्।

लुलु इन्टरनेशनल एक्सचेञ्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिनेछ।

Shivam cement

लुलु इन्टरनेशनल एक्सचेञ्ज हुँदै यूएईबाट पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार भन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाख भन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिनेछ।

रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ।

इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना सञ्चालनमै रहेकोले यूएईमा रहेका नेपालीहरुले लुलु इन्टरनेशनल एक्सचेञ्जबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल रकम पठाई दैनिक ५ हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँ समेत जित्न सकिनेछ।

प्रकाशित: Jun 28, 2022| 17:16 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्