सोमबार, असार ८, २०८३

नबिल एसईईका २० जनालाई अवार्ड

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम नबिल एसईईको पहिलो ब्याचको २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइइएफ नेपालले यो अवार्ड प्रदान गरेको हो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम नबिल एसईईको पहिलो ब्याचको २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइइएफ नेपालले यो अवार्ड प्रदान गरेको हो। 

National life

सिएनआइइएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सिएनआइइएफ नेपाल स्टार्टअफ फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरूलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो।

२०७८ साल चैत ७ गतेदेखि सुरू गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सय ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आवद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ। 

फेलोशिप कार्यक्रमका सहभागिहरूले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफी सप सञ्चालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन्। हरेक महिना तीन दिन आवासीय सिकाई र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ।

बाँकी ६ महिनाका लागि सबै सहभागिहरूलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ। सामाजिक उद्यम विकासका लागि सुरू गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ। 

Shivam cement

सिएनआइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरूलाई उद्यमशिलता प्रबर्द्धन गर्न आयोजना गरिएकोे थियो। यस कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरूबाट विभिन्न विषयहरूमा प्रेरणादायी वक्तब्यहरू प्रस्तुत गरिएको थियो। 

उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन्। 

प्रकाशित: Jun 28, 2022| 17:07 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्