शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अनेक विशेषतासहित आयो 'महिन्द्रा स्कर्पियो-एन'

महिन्द्रा कम्पनीले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ। महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर आफ्नो बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो।
 |  मंगलबार, असार १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- महिन्द्रा कम्पनीले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ। महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर  आफ्नो बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो।

triton college

नयाँ महिन्द्रा स्कर्पियो-एन पूर्ववर्ती  मोडलभन्दा निकै स्मार्ट र नयाँ रहेको कम्पनीले बताएको छ। सन् २००२  मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभीसम्ममा रुपान्तरण भएको छ।

उक्त गाडी सार्वजनिक गर्दै महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन नयाँ गाडीमा रहेको  बताएको छ। सार्वजनिक कार्यक्रममा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल-न्यू स्कर्पियो-एन एकैसाथ अनावरण गर्न पाउँदा खुसी लागेको बताए। अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर रहेको बताए।

कम्पनीका अनुसार नयाँ महिन्द्रा स्कर्पियो-एनले अत्याधुनिक ड्राइभिङ अनुभव दिन्छ। यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड-टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ।

एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका गाडीमा नयाँ लोगो राखिएको कम्पनीले जनाएको छ। यसमा राखिएको ‘ट्विन पिक’ लोगोले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व  गर्ने कम्पनीको भनाइ छ।

Metro Mart
vianet

यो गाडी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो। संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको यो विश्वस्तरीय सुविधासहित आएको छ।

कम्पनीले यो गाडीलाई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ। महिन्द्रा स्कर्पियो-एन मोडल हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि छ। 

कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ। यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ। यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट बनोटको देखिन्छ। गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ। सिग्नेचर डुआल ब्यारेल हेडल्याम्प छ। गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’ पनि छ।

पार्किङका लागि रियर क्यामेरा पनि छ। गाडीका झ्यालमा मेटालिक सिग्नेचर टेल इलिमेन्ट पनि छ। डायमन्ड कट एलोए हि्वल छ। एलईडी प्रोजेक्टर फग ल्याम्प पनि राखिएको छ।

इन्जिन र स्पेक्सको कुरा गर्दा फोरहि्वल सुविधासहितको यो गाडीको इन्जिन निकै शक्तिसाली छ। नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि यो वरदान हुने कम्पनीको दावी छ। स्कर्पियो-एन गाडी ६ स्पीड म्यानुअलको अतिरिक्त अटोमेटिक संस्करणहरूमा पनि आएको छ। टेक्नोलोजीको सिफ्टको साथ ६-स्पीड अटोमेटिक टर्क कन्भर्टरको साथ पनि आएको कम्पाीले जनाएको छ।

स्कर्पिओ-एनमा २०० बीएचपी २.० लिटर पेट्रोल इन्जिन र १७५ बीएचपी २.२ लिटर डिजेल इन्जिन छ। जसले क्रमशः ३२० र ४०० एनएमको टर्क उत्सर्जन गर्छ।  टीजीडीआई एमस्टलिअन (पेट्रोल) इन्जिनले १४९.१४ किलोवाट पावर (२०३ पीएस) र ३८० एनएम टर्क उत्सर्जन गर्छ। जीज-ज्याप र जुम गरी तीन वटा मुडमा गाडीलाई दौडाउन सकिन्छ। जसले फरक-फरक ड्राइभिङ अनुभव र सुविधा प्रदान गर्छन्।

पूर्णतः नयाँ स्कर्पियो-एन बाहिरजस्तै भित्री रूपमा पनि मनमोहक छ। उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणालीका साथ यो आएको छ।

महिन्द्राका अनुसार स्कर्पियो-एनको ड्यासबोर्ड निकै स्मार्ट छ। यसलाई हेर्दा आकर्षक मात्रै हैन, प्रयोगकर्तामैत्री पनि बनाइएको छ। यसमा मोबाइलबाटै ककपिट कन्ट्रोल गर्न सकिने ‘एड्रोनो-एक्स’ समाहित छ। २०.२३ सीएमको आकर्षक इन्फाटेन्मेन्ट स्क्रिन पनि छ। जीपीएस नेभिगेनस, ब्लुटुथसहितको यो सिस्टमले एन्ड्रोइड अटो, एप कारप्ले लगायत पनि सपोर्ट गर्छ। वायरलेस चार्जिङसहित सबै सुविधालाई ताररहित बनाएको  छ।

स्कर्पियो-एनमा मौसम र तापमानको अवस्था अनुसार स्वतः नियन्त्रण हुने एसी सिस्टम छ।  यसमा रियर एसीको सुविधा पनि छ। जसले पछाडि बसेका यात्रुलाई पनि आरामदायी यात्रा गराउन सहज वातावरण तयर गर्छ।  यसमा ६ तिरकाले एडजस्ट गर्न सकिने पावर सिटहरु छन्। यसमा ब्ल्याक कफी लेदरेट इन्टेरियर थिम प्रयोग भएको छ। जसले आँखालाई पनि आराम दिन्छ। सनरुफको पनि सुविधा छ, जहाँबाट यात्रुले वाहिरी वातावरण मौसमको मज्जा लिन सक्छन्।

स्कर्पियो-एनमा विभिन्न सुरक्षा सुविधाहरू पनि छन्। ६ वटा एयरब्याग, एडभान्स ईएससी, ड्राइभर ड्रोजिनेस डिटेक्सन, एडभान्स्ड सिट रिस्ट्रेन्स, कोलेप्सिबल स्टेयरिङ र थप धेरै सुरक्षा सुविधाहरू छन्। यसमा आरामदायी सस्पेन्सन सिस्टम छ। यात्रा गुणस्तरको लागि महिन्द्राले एसयूभीलाई पहिलो फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ र एमटीभी-सीएल टेकबाटमा पनि सुसज्जित गरेको छ।

यसमा अफरोडमा लागि ४ उच्च र ४ निम्न गेयर अप्सन पनि छ। स्पकर्पियो नेपाली सडकका लागि सबैभन्दा उपयुक्त गाडी सावित हुने दाबी कम्पनीको छ।

प्रकाशित: Jun 28, 2022| 16:34 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्