आइतबार, असोज ११, २०८३

सेयर बजारमा निरन्तर गिरावट

मंगलबार नेप्से परिसूचक ११ दशमलव ८२ अंक घटेको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– साताको पहिलो कारोबार दिन गत आइतबार करिब ९५ अंक बढेको नेप्से परिसूचक त्यसपछिका दुई दिन सोमबार र मंगलबार भने निरन्तर घटेको छ। सोमबार नेप्से २३ अंक घटेको थियो भने मंगलबार ११ दशमलव ८२ अंक घटेको छ। 

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले बजारलाई प्रत्यक्ष प्रभाव पार्ने ऐन–नियम  समयसापेक्ष बनाउने र सेयर बजारको विस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाएसँगै आइतबार नेप्से परिसूचकमा उछाल आएको थियो। 

मंगलबार नेप्से परिसूचक ०.६१ प्रतिशत घटेर १ हजार ९२१ बिन्दुमा बन्द भएको हो। यो दिन कारोबारमा आएका २३०  धितोपत्रको ३० लाख ३७ हजार ६८० कित्ता कारोबार भएको छ। 

कारोबारमा आएका २३० धितोपत्रमध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। मंगलबार सर्वाधिक मूल्यको सेयर खरिद बिक्री एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ।

कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

प्रकाशित: Jun 28, 2022| 16:08 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्