काठमाडौं– लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ।
असार ११ गते शनिबार एओजीको दोस्रो संसकरणमा टीभीएसले पोखराका ३० जना अपाचे ग्राहकलाई पोखराबाट धाम्पुस हुँदै सुइखेत रिसोर्टसम्म पुर्याएको थियो। विभिन्न पेसाका सहभागीले भाग लिएको एओजीमा सहभागीका लागि १०० भन्दा धेरै आवेदन फारम भरेपछि चयन प्रक्रियामा ३० जनाको चयन भएका थिए। गण्डकी प्रदेशमा भएको संस्करण लागि दर्ता गरेका बाँकी राइडरहरुलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरुमा उपस्थित गराउने जनाएको छ।
टीभीएसले आफ्नो ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको हुन्थ्यो। टीभीएसले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो। नारायणी, कोशी, लुम्बिनी, महाकालीजस्ता नेपालको विभिन्न ठाउँमा पनि एओजी राइड सञ्चालन गर्नेछ। एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यतिमात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरुको पनि भाग हुने मौका पाइनेछ।
यो राइड अनुभवी मार्सलहरुको निगरानीमा भएको थियो। जसमा राइडरहरुलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस एओजी राइडमा सहभागी हुने सबै राइडरहरुलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गरेको थियो। यसमा राइडरहरुका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि थियो र विजेताहरुलाई पुरस्कार तथा भएका साथै सबै टीभीएसले सहभागीहरुलाई उपहार र प्रमाणपत्र वितरण पनि वितरण गरेको थियो।