सोमबार, असार ८, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा कायम गरेको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ५६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३० पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५४ पैसा र बिक्री दर १३१ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४७ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६९ पैसा र बिक्री दर १८ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ २० पैसा र बिक्री दर ३४ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 28, 2022| 06:41 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्