सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५ वर्षसम्म ४ किमी सडक पनि नबनाउने निर्माण व्यवसायीलाई कारबाही गरिने

५ वर्षसम्म ४ किमी सडक पनि नबनाउने निर्माण व्यवसायीलाई कारबाही गरिने

सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी थालेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- सडक डिभिजन कार्यालय काठमाडौंले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी थालेको छ। 

National life

डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो। पहिलोपटक १८ महिना समय दिए पनि भण्डार-थोडुङ-वर्ल्डवाइड-महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त चौधरीले राससलाई जानकारी दिए।

ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ। दुई हजार २०० मिटर सडकमा अझै भएको छैन। सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरे।

यो खहरेमा दायाँबायाँ निर्माण गरिएको खहरे बाढीले बगाएको छ। निर्माण व्यवसायीले काम गरिसकेको केही महिनामै आएको बाढीले पर्खाल भत्काएको हो। खहरे खनेर गहिरो बनाउँदा हिमपाइप राखेर सवारी तार्न सकिने गरी बनाइएको अस्थायी पुल बगाएको उहाँले बताउनुभयो। खहरेको बाढीले सडक जलमग्न हुने गरेको छ।

डिभिजनले तीन पटकसम्म सकड निर्माणको समय थप गरेको छ। निर्माण व्यवसायीलाई पटकपटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ। पछिल्लोपटक असार १० गते पनि छिटो काम गर्न भन्दै डिभिजनले पत्राचार गरेको थियो। काम नगरे किन कानूनी कारबाहीको प्रक्रिया अघि नबढाउने भनी पत्राचार गरिएको छ। तीन दिने म्याद दिएर कार्यालयमा हाजिर हुन निर्माण व्यवसायीलाई निर्देशन दिए पनि आएका छैनन्। प्रतिक्रियाका लागि निर्माण व्यवसायी उमेश लामालाई पटकपटक सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउन चाहेनन्।

Shivam cement

ठेक्का भएको पाँच वर्षदेखि अलपत्र बनेको सडकका कारण यस क्षेत्रका हजारौं स्थानीयवासी मर्काका परेका छन्। यो सडक निर्माण हुँदा काठमाडौंको उत्तरपूर्वी भेगका मानिसलाई कोटेश्वर नाकाबाट काठमाडौँ छिर्न सहज हुन्छ। सडक जामका बेला पनि यो सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिन्छ। यो सडकबाट साँखु हुँदै मेलम्ची जान पनि सहज हुन्छ। सडक पूरा भएपछि कोटेश्वर, गौशाला, चावहिल, जोरपाटीलगायत स्थानको जाम छलेर यात्रु साँखु पुग्न सक्छन्।

प्रकाशित: Jun 27, 2022| 21:55 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्