मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।

National life

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी गौतम मिश्रका अनुसार जिल्ला अदालत काठमाडौंबाट थप अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको हो । 

मृतक सुनारका बुबाले छोरीको हत्या भएको भन्दै श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको हो। यसअघि भने उनी सोधपुछका लागि नियन्त्रणमा थिए। शनिबार बिहान आफ्नै डेरा मृत भेटिएकी गायिका सुनारले शुक्रबार राति फेसबुकमा ‘अब बाँच्न सक्दिन’ भन्दै लामो सुसाइड नोट लेखेकी थिइन्। अनुसन्धान गर्दै जाँदा त्यस रात सुनारसँग उनको कोठामा श्रेष्ठ पनि रहेको खुलेको थियो। 

प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठले आफू कोठामा भएको कुरा अस्वीकार गरे पनि पछि प्रहरीले सिसिटिभी फुटेज नै देखाएपछि स्वीकार्न बाध्य भएका थिए। बिहान घरबेटी पुग्दा ढोका खुल्लै हुनु, घाँटीमा निलडाम देखिए पनि पासो लगाइएको सल नहुनु, मृतकले राति फेसबुकमा लेख्नु तर प्रयोग गरेको मोबाइल गायब हुनुले घटनालाई शंकास्पद बनाएको थियो। अझ राति मृतकको कोठामा उपस्थित देखिएका श्रेष्ठले घटनाबारे केही थाहा नभएको, भोलिपल्ट एक्कासी झुन्डिरहेको देखेको बयान दिनुले घटनालाई झन् रहस्यमय बनाएको छ। 

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठले बिहान आफू ब्युझिँदा गायिका सुनार सलले पासो लगाएको अवस्थामा मृत देखेको बयान दिएका छन्। ‘हामी दुबैले खशीको मासु र लोकल रक्सी खाएका थियौं। त्यसपछि म निदाएँ। पछि के भयो थाहा भएन। बिहान उठ्दा उसलाई मरेको अवस्थामा देखेर आत्तिएँ। त्यही डरले उनको घाँटीमा रहेको सल महाराजगञ्जतिर झाडीमा लगेर फालेको हुँ,’ श्रेष्ठले प्रहरीसँग यस्तै बयान दिएका छन्। 

पासो लगाएको सल उनले दिएकै लोकेसनमा भेटिए पनि मोबाइल अहिलेसम्म फेला पर्न सकेको छैन। प्रहरीका अनुसार श्रेष्ठले मोबाइलबारे केही थाहा नभएको बयान नै दोहोर्याइरहेका छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाक्लै थियो। 

गायिका सुनार मृत भेटिनुको अघिल्लो रातको १ बजेर २० मिनेटमा उनले आफ्नो फेसबुकमा ‘म थाकेँ, धेरै थाकेँ, अब बाँच्न सक्दिनँ’ भन्दै लामो सुसाइड नोट लेखेकी थिइन्। धेरै अशुद्ध रहेको उक्त स्टाटस उनी आफैंले लेखेकी हुन्–होइनन्, प्रहरीले त्यो पाटोमा पनि अनुसन्धान गरिरहेको छ। ‘उनका पुराना पोस्ट पनि शुद्धसँग लेखिएको देखिएन तर राति स्टाटस लेखिएको मोबाइल बिहान उनको कोठा नभेटिनु शंकास्पद छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

सुनारको स्टाटस देखेपछि उनका फ्यानले बिहानै घरबेटी सर्वोत्तम श्रेष्ठलाई फोन गरेका थिए। त्यसपछि घरबेटी सुनारको कोठामा पुग्दा ढोका खुल्लै थियो, सुनारको खाटमा घोप्टो परेको अवस्थामा मृत थिइन्। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार सूर्यले तीन महिनाअघि काठमाडौं चुच्चेपाटीस्थित एक दोहोरी साँझबाट आफूहरुको चिनजान भएको बयान दिएका छन्। दोहोरी साँझमै चिनजान भएपछि माया बसेको उनले बताइरहेका छन्। 

‘यसअघि पनि एकपटक विष खाएर आत्महत्या गर्ने प्रयास गरेकी रहिछन्,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘त्यतिबेला म आफैँले अस्पताल लगेर बचाएको बयान दिइरहेका छन्, खिलबहादुर। त्यसपछि औषधि पनि खाइरहेकी रहिछन्।’

यद्यपि प्रहरीले अहिलेसम्म सुनारको मृत्युलाई हत्या नै भनेर दाबी गर्न सकेको छैन। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्रहरी निष्कर्षमा पुग्ने तयारीमा छ। ‘आज पोष्टमार्टम भएको छ, अब रिपोर्ट कुर्दैछु,’ डीएसपी मिश्रले भने।

प्रकाशित: Jun 27, 2022| 18:15 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।