आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको विशेष अफर

अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसमा इसेवाको विशेष अफर

इसेवाले अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस मंगलबार मनाइँदै छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– इसेवाले अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवसको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बिमा जागरूकता दिवस मंगलबार मनाइँदै छ।

सो अवसरमा मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म इसेवामार्फत जीवन बिमाको बिमा शुल्क भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ।

जीवन बिमा कम्पनीमा गएर सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक अफर पाउन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार इसेवामार्फत भुक्तानी गर्दा इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिनेछ। इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले बीमितहरूका लागि लखपति योजना सञ्चालन गरिरहेको छ।

५ भदौसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन्। यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०–२० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।

योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्सको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ।

प्रकाशित: Jun 27, 2022| 17:35 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्