शनिबार, असोज ३१, २०८३

'दोख'को ट्रेलर रिलिज गर्दै निर्देशक बरालले भने– युद्धका कथा अझै भन्न बाँकी छ

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र  ‘दोख’ को ट्रेलर रिलिज भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो।

सो अवसरमा चलचित्रका निर्देशक अनुप बरालले युद्धको त्रासदीमा आफूले मानवीय पक्षलाई फिल्ममार्फत प्रस्तुत गर्न खोजेको बताए।

उनले भने, ‘द्वन्द्वकालमा मैले देखेका बिम्ब अझै पनि यादमा छन्। युद्धले छाडेका डोबबाट मान्छे अझै मुक्त हुन सकेका छैनन्। युद्धबीचको मानवीयतालाई मैले चित्रण गरेको छु।’

प्रतिशोधको बाटोमा हिँडेर कहीँ पनि पुगिँदैन भन्ने चलचित्रको मुख्य मुद्दा रहेको उनले बताए। फिल्मले युद्धको कुनै पक्षमा नलागेर तटस्थ भएर हेर्ने कोसिस गरेको समेत उनले जनाए। अभिनेत्री दिया मास्केले ‘दोख’ र प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका पात्र दुवै अर्थपूर्ण र सुरुचीपूर्ण रहेको दाबी गरिन्।

'दोख' यही असार २४ गते रिलिज हुने तय भएको छ।

यस्तो छ ट्रेलर


प्रकाशित: Jun 27, 2022| 17:26 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।