मंगलबार, साउन १९, २०८३

चितवनको माडीमा छोराद्वारा आमाको हत्या

चितवनको माडीमा धारिलो हतियार प्रयोग गरी छोराले आमाको हत्या गरेका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

चितवन-  चितवनको माडीमा धारिलो हतियार प्रयोग गरी छोराले आमाको हत्या गरेका छन्।

सोमबार दिउँसो १ बजे माडी नगरपालिका–६ स्याउलीबासमा ३६ वर्षीय अर्जुन तामाङले ५५ वर्षीया आमा मायादेवी तामाङको  हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन बिष्टका अनुसार माडी–६ मा रहेको तामाङको घरदेखि १०० मिटर पर मकै बारीमा पछाडिबाट धारिलो हतियार प्रयोग गरी छोराले आमाको ज्यान लिएका हुन्।

डीएसपी बिष्टका अनुसार घटनामा संलग्न  तामाङलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित: Jun 27, 2022| 17:18 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।