मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि सर्‍यो आईजीपी नियुक्तिविरुद्धको रिट, अर्को सुनुवाइ असार १९ मा

फेरि सर्‍यो आईजीपी नियुक्तिविरुद्धको रिट, अर्को सुनुवाइ असार १९ मा

सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलले बहस गरेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दैमा’ सरेको छ। सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलले बहस गरेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

National life

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेपछि परेको रिटमा सोमबार चार जना सरकारी वकिलले बहस गरे।

सोमबार बहसमा सहभागी हुँदै महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका लागि धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको बताए। ‘आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन्’, उनले भने, ‘विश्वराज पोखरेल पनि प्रतिस्पर्धी हुन् तर प्रहरीको नेतृत्व दिन उपयुक्त होइनन्।’

खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक–फरक व्यवस्था रहेको बताए। सोमबार उनीसहित सह–न्यायाधिवक्ता शोभकान्त भण्डारी, अर्का सह–न्यायाधिवक्ता खेमराज ज्ञवाली र नायव महान्यायाधिवक्ता कृष्ण जीबी घिमिरेले आईजीपी नियुक्तिको प्रतिरक्षा गर्दै बहस गरे। असार १९ गते हुने सुनुवाइका क्रममा आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलले बहस गर्नेछन्। 

बहस लम्बिएर असारभित्रै सर्वोच्चको आदेश नआए एआईजी पोखरेलले साउनदेखि अनिवार्य अवकाश पाउनेछन्।

प्रकाशित: Jun 27, 2022| 16:59 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।