आइतबार, असोज ११, २०८३

नेप्से परिसूचक २३.८५ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– आइतरबार करिब ९५ अंकले बढेको नेप्से परिसूचक सोमबार भने २३.८५ अंकले घटेको छ। आइतबार २१ कम्पनीको मूल्य वृद्धिमा सकारात्मक सर्किट लागेको थियो । तर यसले सोमबार निरन्तरता पाउन सकेन।

लगानीकर्ताले सेयर बजार सुधारको माग राख्दै गरेको आन्दोलन गत शुक्रबार तोडिएसँगै सेयर बजारमा सुधार देखिन थालेको थियो।। सोमबारको कारोबारमा भने सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।

सोमबार बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ। कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ।

सोमबार ४३ हजार १२२ कारोबारमार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ। कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूहको सेयर घटेको छ।

सोमबारको दोस्रो बजारमा सिवाईसी नेपाल लघुवित्त, ङ्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्सका लगानीकर्ताले नाफा कमाए। धेरै गुमाउनेमा उन्नति सहकार्य लघुवित्त, तेह्रथुप पावर कम्पनीलगायत रहे।

प्रकाशित: Jun 27, 2022| 15:35 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्