आइतबार, असोज ११, २०८३

भारतमा बिक्री हुन थाल्यो दैनिक १० करोडको बिजुली

आउँदो दुई वर्षपछिका सुक्खायाममा नेपालको विद्युत्ले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने मन्त्री भुसालले बताइन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले हाल दैनिक १० करोड रुपैयाँ बराबरको बिजुली भारतमा बिक्री गरिरहेको बताएकी छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रिय सभा सदस्यको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्। 

सुक्खायाममा भारतबाट बिजुली खरिद गर्नुपरे पनि वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको उनको भनाइ छ। मन्त्री भुसालले भनिन्, ‘गत सुक्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युत्को औसत मूल्य ९ रुपैयाँ ७ पैसा प्रतियुनिट रहेको छ भने यो वर्षामा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैयाँ ३८ पैसा प्रतियुनिट रहेको छ। आगामी आर्थिक वर्ष वर्षायाममा बढी हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्छौं।’ 

आगामी पाँच वर्षपछि हरेक वर्ष ७० अर्ब नेपाली रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना देखिएको मन्त्रीले भुसालले बताइन्। आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिब ७ सयदेखि १ हजार मेगावाट विद्युत प्रणालीमा थपिँदै जाने उनले जानकारी दिइन्।

आउँदो दुई वर्षपछिका सुक्खायाममा नेपालको विद्युत्ले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिब ५० प्रतिशत विद्युत् बढी हुने उनले भुसालले बताइन्। सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरेपछि यस वर्ष आन्तरिक विद्युत् खपत करिब २० प्रतिशतले बढेको उनले तथ्यांक प्रस्तुत गरिन्।

प्रकाशित: Jun 27, 2022| 14:46 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्