आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाको मोबाइल बैंकिङबाट हवाई टिकट किन्दा २० प्रतिशत क्यासब्याक

एनआईसी एशियाको मोबाइल बैंकिङबाट हवाई टिकट किन्दा २० प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबर्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबर्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । 

बैंकले असार १२ देखि आगामी १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एसियाको बैंक प्रयोग गरी  टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । 

डिजिटल बैंकिङको अवधारणा अनुरुप एनआईसी एसियाको बैंक मार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा रु ५०० अधिकतम एवं दोस्रो पटकबाट रु १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: Jun 27, 2022| 13:54 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्