मंगलबार, साउन १९, २०८३

लडेर दुई जनाको मृत्यु

धनुषाको जनकपुर उपमहानगरपालिका-२१ कुर्था बस्ने २५ वर्षीया नेहा देवी साहको आइतबार बिहान लडेर मृत्यु भएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

 काठमाडौं- धनुषाको जनकपुर उपमहानगरपालिका-२१ कुर्था बस्ने २५ वर्षीया नेहा देवी साहको आइतबार बिहान लडेर मृत्यु भएको छ। 

आफ्नै घरको कलमा लडेर गम्भीर घाइते भएकी उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस्तै दोलखा, बिगु गाउँपालिका-१ रिकुभिरस्थित लामाबगर र सिमिगाउँ जोड्ने गोरेटो बाटो निर्माणको काम गर्ने जाजरकोट छेदाघाट नगरपालिका-१० काँडा बस्ने ३२ वर्षीय नबिन पुनको आइतबार साँझ लडेर मृत्यु भएको छ।

सोही रिकुभिरस्थित खानेपानी बनाउन जाने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jun 27, 2022| 13:03 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।