आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बिमा योजना

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बिमा योजना

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बालकिरण जीवन बिमा बिमितहरुमाझ लोकप्रिय हुँदै गएको जनाएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बालकिरण जीवन बिमा बिमितहरुमाझ लोकप्रिय हुँदै गएको जनाएको छ। उक्त योजना पछिल्लो समय उल्लेख्य संख्यामा बिक्री भइरहेको कम्पनीको भनाइ छ।

बच्चाको जन्मलगत्तै लिन सकिने यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ।

यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन्।

यस बिमा योजनामा आफ्नो आवश्यकताअनुसारको बिमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम बहन हुने तथा एउटै बिमामा दोहोरो जीवनको बिमा हुने फुयाँलले जानकारी दिए।

प्रकाशित: Jun 27, 2022| 12:53 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्