आइतबार, असोज ११, २०८३

सेञ्चुरी बैंकको ‘हाइब्रिड बचत खाता’ सञ्चालन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेञ्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ।

यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ। यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ। 


प्रकाशित: Jun 27, 2022| 12:46 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्