शनिबार, चैत २१, २०८२

नागरिक लगानी कोषले ल्यायो थप प्रतिफल योजना

नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १‍५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

National life
kumari

काठमाडौ‌– नागरिक लगानी कोषका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीलाई बचत रकममा १‍५ प्रतिशत थप प्रतिफल प्रदान गरिने भएको छ।

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका २ लाख ९८ हजार सहभागीलाई कोषको ०७७–७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो।

कोष सञ्चालक समितिको असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए। २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरूको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ। प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरूको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ।

प्रकाशित: Jun 27, 2022| 12:28 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्