काठमाडौं- दाङको सीमावर्ती भारतीय जंगलमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ। नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजार गएका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएका हुन्।
आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा घरायसी सामान किन्न गएका दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्द रिजालले ६ जना युवती भारतीय बजार जाँदै गरेकोमा दुई युवती बलात्कृत भएको र अन्य लुटिएको खबर प्राप्त भएको बताए।
भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेका उनले बतए।
पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेको र घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डीएसपी रिजालले बताए।