आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान

एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान

मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमीता न्यौपाने तथा कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमीता न्यौपाने तथा कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्। यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सका रहेको कम्पनीले जनाएको छ ।

अभिकर्ताद्धयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाई गरेको छ। उक्त कार्यक्रममा लिडरद्धयलाई दोसल्ला ओढाई सम्मान गनुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बीमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बीमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गएकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बीमा माझ प्रस्तुत गरेर बीमाक्षेत्रको बिकासमा योगदान दिन लिडर द्धयलाई अनुरोध गरे।


प्रकाशित: Jun 27, 2022| 11:54 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्