मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हैजाको उपचारका लागि पाटन अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल तोकियो

हैजाको उपचारका लागि पाटन अस्पताललाई ‘डेडिकेटेड’ अस्पताल तोकियो

जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा बसेको सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा हैजासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचारका लागि पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो। 

डेडिकेटेड अस्पताल तोकिएसँगै हैजाका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ। 

बैठकमा पानीका मुहान सफा गर्न स्थानीय तहलाई प्रभावकारी रूपमा काम गर्न अनुरोध गरेको छ। त्यस्तै मुहानमै उपकरणले परीक्षण गरेर मात्रै ट्यांकरमा हाल्न ट्यांकर व्यवसायीलाई निर्देशन दिइएको छ।

प्रकाशित: Jun 27, 2022| 11:32 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।