मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा सार्वजनिक शौचालय निर्माणमा राष्ट्रिय व्यवसायी महासंघले सहकार्य गर्ने

उपत्यकामा सार्वजनिक शौचालय निर्माणमा राष्ट्रिय व्यवसायी महासंघले सहकार्य गर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघले उपत्यकामा सार्वजनिक शौचालयको लागि सहजीकरण गर्ने भएको छ। महासंघको शनिवार आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा यसको लागि गरिएको प्रस्ताव सर्वसहमतमा स्वीकृत भएको हो।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासंघले उपत्यकामा सार्वजनिक शौचालयको लागि सहजीकरण गर्ने भएको छ। महासंघको शनिवार आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा यसको लागि गरिएको प्रस्ताव सर्वसहमतमा स्वीकृत भएको हो। 

National life

काठमाडौं नगरपालिकाले होटेलहरूमा सार्वजनिक शौचालय उपलब्ध गराउने अभियान सञ्चालन गरेसँगै व्यवसायीले पनि सहकार्य गर्ने भएका हुन्। बैठकमा महासंघका अध्यक्ष कुमार कार्कीले काठमाडौं महानगरका नेतृत्वहरूले थालनी गरेको सार्वजनिक शौचालय उपलब्ध गराउने अभियान सकारात्मक भएको भन्दै यसमा सहयोग गर्नुपर्ने बताएका हुन्। उनले बैठकमा पदाधिकारी तथा सदस्यहरूलाई काठमाडौंको नयाँ नेतृत्वलाई शौचालयको सम्बन्धमा सहयोग गर्न अपिल समेत गरेका हुन्। 

‘सार्वजनिक शौचालय उपलब्ध गराउन सम्भव र इच्छा भएका महासंघका सदस्य तथा पदाधिकारीहरूको केही दिनमा नाम टिपाइने छ,’ उनले भने, ‘महानगरपालिकालाई पनि औपचारिक जानकारी दिई सार्वजनिक शौचालयको उपलब्धता छिट्टै गर्ने छौं।’ 

बैठकमा महासङ्घले देशभरका सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न माग पनि माग गरेको छ। देशको अर्थतन्त्रलाई थप बलियो बनाउनका लागि सरकारले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने व्यवसायीको भनाई छ।

अध्यक्ष कार्कीले सरकारले मुलुकभित्र उद्योग व्यवसायलाई प्रोत्साहन गर्न भन्सार नाकामा उद्योगी व्यवसायीलाई सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताए। साथै उद्योगका लागि चाहिने आवश्यक जनशक्ति निर्माण गर्न तालिम केन्द्रहरू स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए। 

महासङ्घले कच्चा पदार्थको परनिर्भरता हटाउनका लागि राज्यस्तरबाट खोज–अनुसन्धान गर्नुपर्ने, वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने, फुटपाथको सही व्यवस्थापन गर्नुपर्ने, उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीका लागि बिनाधितो ऋणको व्यवस्था गर्नुपर्ने, रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउन निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने बताएको छ।

यस्तै साना तथा मझौला उद्योगी व्यवसायलाई नीति निर्माण तहमा सहज पहुँच बनाउनुपर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार बनाउन विशेष नीति लिनुपर्ने, स्थानीय तहमा उत्पादित वस्तुको व्यवस्थापनका लागि आवश्यक पहलकदमी लिनुपर्ने, निजी क्षेत्रलाई असर गर्ने जुनसुकै निर्णय लिँदा निजी क्षेत्रसँग परामर्श लिनुपर्नेलगायतका माग राखेको छ।

महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने बताए। उनले स्थानीय तहको पाठ्यक्रममा उद्योग व्यवसायमैत्री पाठ्यक्रम निर्माण गरी लागू गर्नुपर्ने पनि बताएका हुन्। 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका सल्लाहकार एवं सुनकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले स्थानीय तहले व्यवसायमैत्री कानुन निर्माण गरी लागू गर्नुपर्नेमा जोड दिए। 

विसं २०७३ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २३ सङ्घका १० हजारभन्दा बढी उद्योगी÷व्यवसायी आबद्ध छन् । महासंघले आगामी दिनमा देशका सबै जिल्लामा आफ्ना शाखा विस्तार गर्ने लक्ष्यअनुसार काम गर्दै आएको वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले जानकारी दिए। 

महासंको आजकै बैठकबाट नयनबहादुर पण्डित क्षेत्रीको सभापतित्वमा ५१ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिनुका साथै विभिन्न विभागसमेत गठन गरेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: Jun 27, 2022| 11:27 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।