धनगढी- कैलालीको कान्द्रा नदीमा एक महिलाले हाम फालेकी छिन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर-५ की ४० वर्षीया रीमा डगौराले नदीमा हाम फालेको प्रहरीले जनाएको छ।
आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा महिलाले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी नदीमा हाम फालेर बेपत्ता भएको भन्दै उनका आफन्तले खबर गरेको प्रहरीले जनाएको छ। उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।