शुक्रबार, साउन १, २०८३

रेन्डी बेरी नामेबियाका लागि अमेरिकी राजदूतमा सिफारिस

अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख म्यानुअल पी माइकलर ताजिकस्तानका लागि राजदूतमा मनोनित भएका हुन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- नेपाल बसेका राजदूत रेन्डी बेरी नामेबिया र डेपुटीका रुपमा कार्यरत म्यानुअल पी माइकलर ताजकिस्तानको राजदूतमा मनोनित भएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख म्यानुअल पी माइकलर ताजिकस्तानका लागि राजदूतमा मनोनित भएका हुन्।

ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि मनोनित  गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन। 

हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत माइकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन्।

माइकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए। 

प्रकाशित: Jun 27, 2022| 10:00 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।