मंगलबार, जेठ ५, २०८३

खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

खोटाङ- खोटाङमा विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन्। 

National life

गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्र आइतबार खोलाको सानो दहमा मृत फेला परेको प्रहरीले जनाएको छ।

छात्र कालिका माविमा कक्षा ९ मा अध्ययनरत थिए। विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी थालिएको थियो। 

धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। पोष्टमार्टमका लागि शव आइतबार साँझ जिल्ला अस्पताल लगिएको छ। 

बाटोमा पर्ने खोलामा वारपार गर्न काठे पुल लगाइएको छ। सोही काठेपुलभन्दा माथिको सानो दहमा छात्रको नांगो शव फेला परेको प्रहरीले जनाएको छ। उनको लुगा फुकालेर खोला किनारमा राखेको पाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Jun 27, 2022| 08:06 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।