मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन २० लाख सहयोग गर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन २० लाख सहयोग गर्ने

यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन आर्थिक  सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष  गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ। 

National life

गत शुक्रबार मैवाखोलाको ११औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो। गाउँपलिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए। आगामी  २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस  पढाउनको लागि २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए। 

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोको भनाइ छ। 

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ।   -रासस

प्रकाशित: Jun 27, 2022| 08:00 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।