बिहीबार, फागुन २१, २०८२

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा

युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो। यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेख्नुभएको छ, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ। यो रूसको प्रमुख निर्यात हो। रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

बर्लिन- संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ।

युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो। यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेख्नुभएको छ, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ। यो रूसको प्रमुख निर्यात हो। रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ। 

सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन्। 

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस बिषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए।

ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो। यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो।

kumari

प्रकाशित: Jun 27, 2022| 05:30 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।