मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन्।

National life

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन गर्न राज्यले विभिन्न संवैधानिक, नीतिगत एवं कानुनी व्यवस्था गर्दै आएको सन्दर्भमा वनको संरक्षण गरी त्यसको सदुपयोगमार्फत स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने उद्देश्य लिएर सामुदायिक वनको अवधारणा अभ्यासमा आएको केही दशक पूरा भइसकेकाले सामुदायिक वनको अभ्यास आज देशव्यापी रूपमा सफलतापूर्वक लागू भई अन्तर्राष्ट्रिय जगतमा असल अभ्यासको रूपमा स्थापित भएको उल्लेख गरिन्।

उनले नेपाली संस्कृतिमा प्रकृतिसँग एकाकार भएर बाँच्ने, वन जङ्गल तथा विशेष प्रकृतिका रुख विरुवा एवं जीवजन्तुको पूजा अर्चना गर्ने लामो परम्परा रहिआएको तथा प्रकृति र मानिसबीच पारस्परिक निर्भरताका कारण व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै समृद्धिको निम्ति वन जङ्गल अति महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा रहेको वर्तमान समयमा जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको पनि बताइन्।

राष्ट्रपति भूस्खलन रोक्न तथा माटो संरक्षण गर्नसमेत वन जङ्गल नै सबैभन्दा प्रभावकारी माध्यम बनेकाले जागरुक नागरिकले आज नेपालका सामुदायिक वनले हाम्रा मैदान, चुरे क्षेत्र र पहाडलाई हरियालीमा रूपान्तरण गरेको वनलाई नागरिकको जीवनयापनसँग एकाकार गरी हरित अर्थतन्त्रतर्फ पाइला चाल्नमा पनि सामुदायिक वनले नेतृत्व गरिरहेको उल्लेख गरिन्।

'वातावरणको दिगो व्यवस्थापन एवं संरक्षण गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वाभाविक गतिका बीचमा सन्तुलन कायम गरी आर्थिक वृद्धिको बाटो पहिल्याउनु नै हरित अर्थतन्त्र हो। हामीले अभ्यास गर्दै आएको सामुदायिक वन कार्यक्रमबाट कैयौँ विद्यालय, आमा समूह, खानेपानी, स्वास्थ्य चौकी, मठमन्दिर र पाटी पौवाहरू लाभान्वित भएका छन्। सामुदायिक वनमा आधारित जीविकोपार्जन कार्यक्रमका माध्यमबाट समाजको किनारामा रहेको वर्गको आर्थिक प्रगति तथा नेतृत्व विकासको आधार निर्माण गर्न मद्दत पुगेको छ,' राष्ट्रपति भण्डारीले भनिन्।       

उनले सामुदायिक वनका माध्यमबाट आधारभूत तहदेखि अन्तर्राष्ट्रिय जगतसम्म पुग्ने हरित आर्थिक चक्र निर्माण भएकाले नेपालको हरियो वन  हाम्रो सामाजिक जीवनको एउटा महत्वपूर्ण पक्ष बनेको र नेपालको पुरानो भनाइलाई ‘अब नेपालको वन, हरित जीवन’ तर्फ रूपान्तरण गर्दै सोही अनुरूपको आचरण र व्यवहार प्रदर्शन गर्नुपरेको बताउँदै सरकारी कामकाजदेखि जनताको भान्सासम्म नवीकरणीय ऊर्जाको प्रयोग बढाई अत्यधिक कार्बन उत्सर्जन गर्ने र महँगो डिजेल, पेट्रोल जस्ता जीवाश्म ऊर्जाको प्रयोगलाई कम गर्दै शून्यमा झार्ने लक्ष्य हासिल गर्न हामी सबैले योगदान गर्नुपर्नेमा जोड दिइन्। 

प्रकाशित: Jun 26, 2022| 22:35 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।