काठमाडौं- इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँमा यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप आइतबार मध्याह्न १२ बजे सडकबाट करिब २ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई रहेका छन्।
दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। चालक समान्य घाइते छन्।