बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दक्षिण अफ्रिकाको नाइटक्लबमा १७ जना मृत फेला

ब्रिगेडियर टेमबिनकोसी किनानाले सहरको केन्द्रबाट ३ किलोमिटरको दूरीमा उक्त क्षेत्रमा भएको घटनाको अनुसन्धान सुरु भएको जानकारी दिएका छन्। उनले भने, 'अहिलेको अवस्थामा केही पनि अनुमान गर्न सकिँदैन।'
 |  आइतबार, असार १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

जोहानसबर्ग (दक्षिण अफ्रिका) - दक्षिण अफ्रिकाको दक्षिण सहर इस्टल लन्डन सहरमा रहेको एक नाइट क्लबमा १७ जना मृत फेला परेको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार इनोइबेनी टाभेर्नमा आइतबार बिहान उक्त शवहरु फेला परेको र अन्य केही घाइते भेटिएका छन्। 

himalayan bank box

ब्रिगेडियर टेमबिनकोसी किनानाले सहरको केन्द्रबाट ३ किलोमिटरको दूरीमा उक्त क्षेत्रमा भएको घटनाको अनुसन्धान सुरु भएको जानकारी दिएका छन्। उनले भने, 'अहिलेको अवस्थामा केही पनि अनुमान गर्न सकिँदैन।'

उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। मृतकका आफन्तलाई पनि अहिले शव हेर्न दिइएको छैन। स्थानीयहरुले उक्त घटनास्थललाई बन्द गरेर अनुसन्धान गर्न आग्रह गरेका छन्। 

पूर्वी केप प्रहरी आयुक्त नोम्थेथेलेली लिलिया मेनले त्यहाँ भागदौडका क्रममा मृत्यु भएको हुनसक्ने बताएका छन्। यसबारे विस्तृत विवरण आउने क्रम जारी रहेको बीबीसीले जनाएको छ।


प्रकाशित: Jun 26, 2022| 16:19 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।